पोखरा १४ का स्थानीयले मणिपाल अस्पतालमा छुट पाउने
पाेखरा | असार २१, २०८१
पोखरा: पोखरा महानगरपालिका–१४ का स्थानीयहरुले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् ।
मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल र पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीयले अस्पतालमा छुट पाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
पोखरा–१४ का वडाध्यक्ष कार्कीले वडा बासीका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्धेश्यले अस्पतालसँग ५ शिर्षकमा सम्झौता गरेको बताए ।
‘ वडाबासीको स्वास्थ्य उपचारमा सहज र कम खर्चिलो होस भन्ने उद्धेश्यले आज एक कार्यक्रमका बीच मणिपाल अस्पतालसँगै विभिन्न शिर्षकमा सम्झौता गरेका छौं’, वडाध्यक्ष कार्कील भने ।
पोखरा–१४ का स्थानीयले मणिपाल अस्पतालमा उपचार गर्दा ओपिडी दर्तामा १०० प्रतिशत, बेड शुल्कमा २५ प्रतिशत, नियमित जाँचका ल्याब टेस्टमा १५ प्रतिशत, न्यूरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेक अन्य शल्यचिकित्सकमा १० प्रतिशत, विशेष अनुसन्धानमा १० प्रतिशत छुट दिने सम्झौता भएको वडाध्यक्ष कार्कीले बताए ।
उनले पोखरा–१४ का स्थानीयहरुले मणिपाल अस्पतालमा उपचार गर्न जाँदा पोखरा–१४ उल्लेख भएको नागरिकताको प्रतिलिपि, बसाईसराई गरी बसोबास गर्ने वडावासीको हकमा बसाईसराईको कागजको प्रतिलिपि र नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने उल्लेख गरे ।
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन...
पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

